Logo
Logo

रास्वपालाई मानव अधिकार आयोगको प्रश्न: १८ वर्षमुनिका बालबालिकालाई सदस्यता दिइएको हो?


441
Shares

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको हो वा होइन भनी विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पत्राचार गरेको छ। रास्वपाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको जानकारी प्राप्त भएपछि आयोगले यस्तो पत्राचार गरेको हो।

बालबालिकालाई पार्टी सदस्यका रूपमा सङ्गठित गरेको भनी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई सदस्यता वितरण गरिएको भए, त्यस्तो कार्य प्रचलित नेपाल कानुन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुन्छ। त्यसैले, उनीहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१ (१) बमोजिम अनुरोध गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्