Logo
Logo

दैलेखमा मिनीबस कर्णाली नदीमा खस्यो


0
Shares

काठमाडौं । दैलेखमा मिनीबस कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र.०२९००१ ख १०५५ नम्बरको फोर्स गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ स्थित कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो ।

The current image has no alternative text. The file name is: Accident-2.gif

गाडी सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले एक जनालाई अचेत अवस्थामा उद्धार गरेको जनाएको छ ।  प्रहरीका अनुसार अन्य यात्रुको अवस्था अज्ञात छ । गाडीको कति जना सवार थिए भन्ने खुलेको छैन ।

अहिले उद्धार सामाग्रीसहित ३५ जना प्रहरी टोली खटिएको छ । बिहान साढे ११ बजे बस खसेको सूचना आएपछि प्रहरी टोली उद्धारका लागि खटिएको हो । घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर उत्तर तर्फ पर्छ भने जिप्रकाबाट ५० किलोमिटर पश्चिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्