Logo
Logo

पूर्णबहादुर खड्काले बोलाए देउवा समूहको बैठक


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक बोलाएका छन् ।

खड्काले गोल्फुटारस्थित आफ्नो निवासमा निवर्तमान पदाधिकारी र वरिष्ठ नेताहरूको बैठक बोलाएका हुन् । देउवा समूहका नेता डा.प्रकाशशरण महतले भोलिको बैठक खड्का निवासमा बस्ने जानकारी दिए ।

यसअघि सातै प्रदेशमा भेला सकेको देउवा समूहले ती भेलाको समीक्षा गर्ने समीक्षा गर्ने, विषेश महाधिवेशनपछि पार्टीभित्र देखिएको विवाद समाधानमा संस्थापनले तदारुकता नदेखाएपछि कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गर्न बैठक आह्वान भएको नेता डा. महतले बताए ।

काठमाडौँको चुनदेवीमा १५ औँ महाधिवेशन तयारीका लागि ‘सम्पर्क कार्यालय’ निश्चित गरेकोले औपचारिकता कहिले दिने भन्ने विषयमा पनि बैठकमा कुराकानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्