
काठमाडौं । प्रधानमन्त्री वालेन शाह र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता भएको हो । उनीहरुबचि अहिले भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
१३ चैत ०८२ मा कार्यकाल सम्हालेपछि प्रधानमन्त्री शाहले पहिलो पटक विदेशी कूटनीतिज्ञलाई एक्लै भेटेका हुन् । उनले यसअघि सामूहिक भेटघाट गर्दै आएका थिए ।














