Logo
Logo

हर्ककाे प्रश्न- प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ?


0
Shares

काठमाडौं । नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरे ।

‘प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई हिरासतमा राखियो, तर निर्माण व्यवसायीको खुट्टा भाँचिदिन्छु भन्ने मन्त्री र प्रहरीलाई सडकमा घिसार्छु भन्ने सांसदलाई किन कारबाही हुँदैन ?’ उनले प्रश्न गर्दै भने, ‘ठुलालाई चैन, सानालाई ऐन कहिलेसम्म ? ।’

उनले नागरिकलाई सच्याउने मौका दिनुपर्ने तर राज्यले प्रतिशोध लिन नहुने भन्दै सरकारको कार्यशैलीले मुलुकमा लोकतन्त्रको साटो अराजकता मौलाउँदै गएको उल्लेख गरे । प्रधानमन्त्री बालेन शाहको पछिल्लो अभिव्यक्ति र सरकारको दोहोरो मापदण्डप्रति पनि राईले आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्