Logo
Logo

सशस्त्रका डिएसपीमाथि छानबिन


11.5k
Shares

काठमाडौं । सशस्त्र प्रहरीले तस्करीलाई न्यूनिकरण गर्न सरकारलाई साथ दिइरहेको बेला गृहमन्त्री सुधन गुरुङ आफैँ तराईका नाका नाका घुम्न थालेका छन् । गृहमन्त्री आफैँ फिल्डमा जाँदा मातहत निकायको काम के हो भन्न्ने प्रश्न उठेको छ ।

केही दिनअघि मात्रै तस्करीसँग सम्बन्धित गम्भीर आरोपको छानबिनका क्रममा सशस्त्र प्रहरी बल (एपीएफ) ले दुई जना डीएसपीसहित आठ जना सुरक्षाकर्मीलाई मुख्यालय हल्चोक तानेर अनुसन्धान सुरु गरेको थियो । तर गृहमन्त्रीले अनुसन्धान शुरु नगर्दै उनीहरुलाई अपराधीजस्तो व्यवहार गरेकोले सशस्त्र प्रहरीमा व्यापक असन्तुष्टि छ ।

छानबिनका लागि मुख्यालय तानिनेमा यसअघि झापाको काँकडभिट्टामा कार्यरत रही हाल इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती, सीमा सुरक्षा गुल्म हरिपुर (सुनसरी) का डीएसपी शमशेर कार्की तथा बोर्डर आउट पोस्ट (बीओपी) लौकही, सुनसरीका इन्स्पेक्टर नरेन्द्र चन्द रहेका छन् ।

यसअघि नै नं. ३८ रिजर्भ गणमा कार्यरत हवल्दार हरि मगर र केशव गुरुङ, नं. २ गण झापाका हवल्दार विश्वास राजवंशी, सशस्त्र प्रहरीको पूर्व क्षेत्रीय अस्पताल सुनसरीमा कार्यरत सई गणेश खड्का तथा नं. ४ गण सुनसरीका जवान पारस यादव लाई पनि अनुसन्धानका लागि हल्चोक बोलाइएको थियो ।

प्रारम्भिक बयानका क्रममा सई गणेश खड्का तथा अन्य सुरक्षाकर्मीहरूले तस्करीका लागि रकम संकलन गरी मासिक रूपमा इन्स्पेक्टर र डीएसपी तहसम्म पु¥याउने गरिएको दाबी गरेका थिए । उनीहरूको बयानमा सम्बन्धित अधिकृतहरूको नाम आएपछि थप अनुसन्धानका लागि उनीहरूलाई पनि मुख्यालय तानिएको हो ।

घटनाबारे सशस्त्र प्रहरी बलले आन्तरिक छानबिनलाई तीव्र बनाएको जनाएको छ। अनुसन्धानको निष्कर्ष नआएसम्म सम्बन्धित व्यक्तिमाथिका आरोप पुष्टि भइनसकेको सशस्त्र प्रहरी स्रोतको भनाइ छ। उनीहरुको बयान मात्र प्रयाप्त नभएकाले प्रमाण संकलनमा लागेको अनुसन्धानको टिमलाई गृहमन्त्रीको सहयोगीको टिमको नाममा दबाब दिनु उपयुक्त नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्