काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिका-१० का वडासदस्य कृष्ण बस्नेत जिल्ला प्रशासन कार्यालयमै कुटिएका छन् ।

सोमबार दिउँसो करिब ३ बजे जिल्ला प्रशासन कार्यालय परिसरमा इस्मा गाउँपालिका-१ हर्पुकोटका विष्णु कुँवरले बस्नेतमाथि हेलमेट प्रहार गरेर कुटपिट गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पारिवारिक विवादका कारण बस्नेतमाथि कुटपिट भएको बुझिएको छ ।














