Logo
Logo

दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा २ जनाको मृत्यु


189
Shares

काठमाडौँ। दाङको तुलसीपुरमा बन्दै गरेको घरको पानी ट्यांकीमा २ जनाको
निसासिएर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका ६ रजौरामा यो घटना भएको हो ।

मृतकको पहिचान हुन बाँकी छ । प्रहरी घटनास्थलमा पुगे पनि अक्सिजन कम भएको स्थान भएकोले शव निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

स्थानीयका अनुसार उनीहरूमध्ये एक ठेकेदार र एक श्रमिक हुन् ।

प्रतिक्रिया दिनुहोस्