काठमाडौँ । लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

यही साउन ४ गते मुख्य सचिव स्तरीय बैठकले गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्नुपर्ने माग उनीहरुको छ।
यो बुँदामा लोकसेवाको कुनै पनि पदपूर्ति गर्न परेमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयको स्वीकृती लिनुपर्ने व्यवस्था गरिएको छ।














