Logo
Logo

सुदूरपश्चिममा खगराज भट्टको नेतृत्वमा नयाँ सरकार बन्दै 


1.1k
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा  र नेकपा (एमाले) बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्री नेकपा संसदीय दलका नेता खगराज भट्ट बन्ने भएका छन् ।

The current image has no alternative text. The file name is: Daldldhura-1-1-Khagraj-Bhatta-PA.jpg

२०७९ सालको निर्वाचनमा भट्ट डडेल्धुरा प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट निर्वाचित एका थिए ।हाल सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह ले गरिरहेका छन् । उनी एमालेको समर्थनमा दोस्रो पटक मुख्यमन्त्री बनेका थिए । तर आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई लिएर विवाद चुलिएपछि एमालेले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

संविधानअनुसार अल्पमतमा परेका मुख्यमन्त्रीले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । मुख्यमन्त्री शाह राजीनामा दिने वा विश्वासको मत लिने भन्नेमा छलफलमै रहेका छन् ।  एमालेले नेकपा नेतृत्वको सरकारलाई समर्थन गर्ने सहमति गरेसँगै प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ ।

विपक्षी दलहरूले मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् भने मुख्यमन्त्री शाहले संविधानअनुसार विश्वासको मत लिएर मात्र अगाडि बढ्ने अडान राखेका छन् । यद्यपि प्रदेश सभाको वर्तमान अङ्कगणित हेर्दा उनको पक्षमा बहुमत जुट्ने सम्भावना छैन । अहिले कांग्रेस नेतृत्वको सरकारको बहिर्गमन र नेकपाका संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन हुने लगभग निश्चित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्