Logo
Logo

भारतीय सहयोगमा दार्चुलामा साढे सात करोडको विद्यालय भवन बन्ने


0
Shares

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गरिने भएको छ ।

भवन निर्माणको शिलान्यास सोमबार भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीले संयुक्त रूपमा गरेका हुन् ।

काठमाडौँस्थित भारतीय राजदूतावासका अनुसार करिब ७ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण हुने विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गर्न लागिएको हो । परियोजना शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन हुनेछ । यो दार्चुला जिल्लामा सञ्चालन भइरहेको ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

शिलान्यास कार्यक्रममा शैल्यशिखर नगरपालिकाका मेयर धामीसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारले उपलब्ध गराउँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए । उनीहरूले निर्माण हुने नयाँ पूर्वाधारले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय तथा सहज सिकाइ वातावरण सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

भारतीय राजदूतावासले नेपाल र भारतबीच निकट छिमेकीका रूपमा बहुआयामिक र बहुक्षेत्रीय सहकार्य रहेको उल्लेख गर्दै उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकासलाई सहयोग गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्