काठमाडौं । रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ ।

साउन १३ गते बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिएका छन् । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।
बैठकमा चितवनमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालन लगायतका विषयमा छलफल हुने महामन्त्री आचार्यले बताएका छन् ।














