Logo
Logo

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु


63
Shares

काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले घर भत्काउँदा पुरिएर बुबा र छोरीको मृत्यु भएको छ ।मङ्गलवार बिहान करिब साढे दुई बजेको समयमा चितिखोलाबाट भाटवेशी ल्याएको कुलो भत्किएर स्थानीय बिष्णुदत्त सुवेदीको ढुङ्गा माटोले बनेको दुई तले कच्ची घरमा क्षति पुगेको हो ।

The current image has no alternative text. The file name is: lamjung-1.jpg

मृत्यु हुनेमा ५१ वर्षीय टिकाबहादुर बिक र उनकी कान्छी छोरी १५ वर्षीया बिनिता बिक रहेको प्रहरीले जनाएको छ । पहिरोमा परी टिकाबहादुरकी श्रीमती ५० वर्षीया सुकमाया र जेठी छोरी १६ वर्षीय अस्मिता घाइते छन् । उनीहरूको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

घटनाको जानकारी आए लगतै इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको कमाण्डमा टोली घटनास्थल पुगी उद्धारमा खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्