Logo
Logo

इटहरीदेखि कोशी ब्यारेजसम्म ठाउँ-ठाउँमा प्रदर्शन, पूर्वपश्चिम राजमार्ग अवरुद्ध


1.1k
Shares

काठमाडौं । सुनसरीको देवानगञ्ज क्षेत्रमा सहज हुन थाले पनि पूर्वपश्चिम राजमार्ग अन्तर्गतको इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म ठाउँ-ठाउँमा प्रदर्शन सुरु भएको छ ।

The current image has no alternative text. The file name is: ithari.jpg

प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अवरोध गरेपछि यातायातका साधन अवरुद्ध भएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार देवानगञ्ज क्षेत्रमा साम्य हुँदै गए पनि पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीका ठाउँ९ठाउँमा अवरोध भएपछि इटहरीबाट पश्चिम गाडी पठाउन रोकिएको छ ।

प्रदर्शनकारीहरू उत्तेजित भएर प्रदर्शन गरिरहेकाले जुनसुकै बेला जे पनि हुन सक्ने खतरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्