Logo
Logo

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट


504
Shares

काठमाडौं । सार्वजनिक खरिद ऐन संशोधन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले सार्वजनिक खरिद ऐन संशोधन विरुद्ध रिट दर्ता गराएका हुन् ।

The current image has no alternative text. The file name is: supreme-court-of-nepal1542214610-1.jpg

संशोधित व्यवस्थाले गर्दा टेण्डर आह्वान गर्दा पत्रपत्रिकामा सूचना निकाल्नुपर्ने व्यवस्था हटेको, जसका कारण मिडियाहरू आर्थिक सङ्कटमा पर्न सक्ने लगायतका जिकिर गर्दै उनीहरूले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

उक्त रिटले कानुनी व्यवस्थामाथि प्रश्न उठाइएको निवेदन सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्