काठमाडौं । सत्तारूढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । रास्वपा सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने बैठकमा बैठकमा सहभागी हुन नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शङ्कर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरू सिंहदरबार पुगेका छन् ।
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलकाका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दलका नेताहरूलाई पनि बैठकमा बोलाइएको छ ।
रास्वपाले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल बोलाएको हो ।














