Logo
Logo

ईपीएस आवेदनका कारण राहदानी विभागमा सेवाग्राहीको चाप 


315
Shares

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीहरूको अत्यधिक भीड लागेको छ ।  ईपीएसअन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको सङ्ख्यामा वृद्धि भएसँगै विभागमा चाप बढेको कार्यालयले जनाएको छ । राहदानी लिनका लागि लामवद्ध हुनेहरूको बाक्लो उपस्थिति रहेको छ ।

The current image has no alternative text. The file name is: rahadnai-bibhag.jpg

सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै विभागले आगामी सोमवारसम्म राहदानी आवेदन फाराम खुला राख्ने निर्णय गरेको छ । यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनहरू शनिवार र आइतबार समेत कार्यालय खुला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ ।

घर–घरमा राहदानी पु¥याउने नारासहित अघि बढेको सरकार राहदानी विभागमा पुगेर लामवद्ध नागरिकहरूलाई समयमै राहदानी समेत दिन नसकेको भन्दै नागरिकहरूले सरकारको विरोध गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्