Logo
Logo

सामाजिक सद्भाव र संयम कायम राख्न शेखर कोइरालाको अपिल


252
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍ शेखर कोइरालाले तराई-मधेस क्षेत्रमा हालै भएका संवेदनशील घटनाक्रमहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र एकता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन् ।

The current image has no alternative text. The file name is: sekher-1.jpg

शुक्रवार एक प्रेस नोट जारी गर्दै डा. कोइरालाले नेपाल सदियौँदेखि विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी रहेको स्मरण गराएका छन् । उनले हाम्रो यो अनुपम एकता नै देशको असली शक्ति भएको उल्लेख गर्दै यसलाई बिर्सन नहुने बताएका छन् । 

वर्तमान परिस्थितिमा आवेग वा उत्तेजनाले समाजलाई कुनै फाइदा नपुर्‍याउने भन्दै डा। कोइरालाले लेखेका छन्, ‘वर्तमान परिस्थितिमा संयम, विवेक र आपसी संवाद नै सबैभन्दा ठुलो औषधि हो। राजनीतिक नेतृत्व, धार्मिक गुरु र नागरिक समाज सबैले शान्ति र सहिष्णुता कायम राख्न जिम्मेवार भूमिका खेलौँ।’

नेता कोइरालाले सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा घृणा फैलाउने सामग्रीहरूलाई निरुत्साहित गर्न र समाजलाई जोड्ने सकारात्मक सन्देशहरू मात्र सेयर गर्न आग्रह गरेका छन् । 

घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै, घाइतेहरूको उपचारमा राज्यले कुनै कसर बाँकी नराखोस् भन्दै उनले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । ‘विविधतामा एकता नै हाम्रो शान हो’ भन्दै डा। कोइरालाले एकजुट भएर सामाजिक सद्भावको कडीलाई अझ बलियो बनाउन सबैलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्