Logo
Logo

नेता-कार्यकर्ताहरूलाई मिथ्या सूचनाको पछि नलाग्न काँग्रेको निर्देशन


252
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रवाह हुने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । 

The current image has no alternative text. The file name is: gagan-thapa-1.jpg

नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेस प्रदेशका विभिन्न तहका नेताहरूसँगको छलफलमा बोल्दै सभापति थापाले जिम्मेवार राजनीतिक नेतृत्वले कुनैपनि विषयमा धारणा बनाउनुअघि त्यसको सत्य तथ्य जाँच गर्नुपर्ने बताएका हुन् ।

सभापति थापाले नेपाली काँग्रेस मुलुकको मुख्य र अभिभावक शक्ति भएको उल्लेख गर्दै समाजमा देखा पर्ने जटिल परिस्थितिलाई सम्हाल्ने प्रमुख जिम्मेवारी काँग्रेसकै भएको बताए। पार्टीका कर्मचारी, पदाधिकारी र स्वयं आफू पनि नेता कार्यकर्ताको सम्पर्कमा रहने भन्दै थापाले संसदीय दलका नेता र सांसदहरूलाई समेत परिचालन गरिएको बताए । 

उनले भने, ‘कुनैपनि विषयवस्तु सार्वजनिक हुने बित्तिकै हतारमा टिप्पणी गर्ने, बोल्ने वा लेख्ने प्रवृत्तिलाई त्यागौँ । राजनीतिक नेतृत्वले विवेकपूर्ण ढङ्गले सोच्नुपर्छ । सूचनाको गहिराइ र आधिकारिकता नबुझी प्रतिक्रिया दिँदा समाजमा अनावश्यक भ्रम फैलिन सक्छ र त्यसले अपुष्प क्षति निम्त्याउन सक्छ । आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो । हामी जिम्मेवार शक्ति भएकाले संयमित भएर सही सूचनाका साथ अघि बढ्नुपर्छ ।’

उनले वाह्य चर्चा र आलोचनाभन्दा पनि आफ्नो कर्तव्य र जिम्मेवारीमा केन्द्रित हुन सबैलाई आग्रह गरे । छलफलमा केन्द्रीय नेताहरूका साथै कोशी र मधेस प्रदेशका प्रदेश सरकार तथा स्थानीय तहका जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस्