Logo
Logo

मधेश केन्द्रित दलका नेताहरूलाई प्रधानमन्त्रीले भने-म सङ्घीयता विरोधी होइन


441
Shares

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले मधेशकेन्द्रित दलका नेताहरूलाई आफू संघीयताविरोधी नभएको बताएका छन् । सुनसरी घटना लगायतका विषयमा शुक्रवार प्रधानमन्त्री कार्यालयमा मधेशकेन्द्रित दलका नेताहरूसँग छलफल गर्दै उनले संघीयताप्रतिको प्रतिबद्धता जनाएका हुन् । 

The current image has no alternative text. The file name is: balen-chalphal-.jpg

मधेसका नेताहरूले प्रदेशहरूलाई बलियो नबनाउँदा, सुरक्षा लगायतका जिम्मेवारी प्रदेशमा नहुँदा यस्ता घटनाहरू नियन्त्रणमा समस्या भएको कुरा उठाएपछि प्रधानमन्त्री शाहले सङ्घीयता र प्रदेशको विषयमा बोलेका हुन् । 

बैठकपछि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘मलाई संघीयताविरोधी सपनामा पनि नसोच्नुहोला । प्रदेश बलियो बनाउने हो । संरचनाहरूमा सुधार गर्ने कुरा मात्र गरेको हो’ प्रधानमन्त्रीको भनाई उद्त गर्दै महतोले भने,’हाम्रो पार्टी संघीयताविरोधी होइन । बलगर सङ्घीयता बनाइन्छ ।’

उनले आफ्नो कारणले सङ्घीयतामा कुनै खतरा हुन्छ भन्नेमा नसोच्न अनुरोध गरेका थिए । बैठकमा प्रधानमन्त्रीले अहिले भएका सबै सम्झौताहरू पालना गर्ने र अब यस्ता घटना हुन नदिन ख्याल गर्ने प्रतिबद्धता जनाएका थिए ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूले सरकारलाई असफल बनाउन नखोजेको छ तर, सरकार दुर्घटनामा नजाओस् भन्ने चाहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्