काठमाडौं । सरकार र लघुवित्त पीडित समूहबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार राति अर्थमन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच सहमति भएको हो ।

यो सहमति जुटेसँगै लघुवित्त पीडितले देशभर गरिरहेका आन्दोलन तथा अनशनका कार्यक्रम फिर्ता लिएका छन् ।















