Logo
Logo

कीर्तिमानी आरोही निर्मल पुर्जाको निधन


0
Shares

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा हराइरहेका पुर्जाको निधन भएको उनको कम्पनी इलाइट एक्सपेडले जनाएको छ । कम्पनीले सामाजिक सञ्जालमार्फत पुर्जाको निधन भएको जानकारी दिएको हो । 

The current image has no alternative text. The file name is: death.jpg

उनीसहित १० जना आरोही ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर हराएका थिए । उनीहरूको खोजी गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद एवं पुर्जाका व्यवसायिक साझेदार निग्मा डेभिड शेर्पा शुक्रवार पाकिस्तान गएका थिए ।

शेर्पाले पनि सामाजिक सञ्जालमार्फत पुर्जाको निधन भएको जनाएका छन् । इलाइट एक्सपेडले सेयर गरेकै सूचना उनले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सेयर गरेका छन् । बिहीबार ब्रोड पिक आरोहणका क्रममा पुर्जासहित १० जना हराएका थिए । उनीहरूमध्ये चार जनाको शव शुक्रवार भेटिएको थियो । 

प्रतिक्रिया दिनुहोस्