काठमाडौं। सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनमा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको शव घर पुर्याइएको छ ।

सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीस्थित घरमा शनिवार साझ ६:२५ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत गणेशको शव पुर्याइएको हो ।
घरपरिवारले हिन्दू परम्पराअनुसार आजै गणेशको दाहसंस्कार गर्ने तयारी गरेका छन् । बिहीबार गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेशको मृत्यु भएको थियो । शुक्रवार राति गृहमन्त्री सुधन गुरुङ मृतकको घर पुगेर परिवारसँग ८ बुँदे सहमति गरेका थिए ।














