Logo
Logo

नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लाजमर्दोः माधव नेपाल


63
Shares

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नयाँ पुस्तामा इतिहासप्रति सम्मान र अग्रजहरूको योगदानको मूल्यांकन गर्ने संस्कार हराउँदै गएको बताएका छन्।

आइतबार तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुक निर्माणमा योगदान दिएका व्यक्तित्वहरूको सम्मान गर्न नसक्ने अवस्था आउनु लाजमर्दो भएको बताएका हुन्।

उनले नयाँ पुस्ताले पुराना पुस्ताको सम्मान गर्न नसक्ने, इतिहासमा योगदान गर्ने व्यक्तिहरूलाई चिन्न र कदर गर्न नसक्ने अवस्था देखिएको भन्दै समाजले कस्तो पुस्ता हुर्काइरहेको छ भन्ने विषयमा आत्ममन्थन गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले गत वर्षको भदौमा जेनजी आन्दोलनको क्रममा अरुको घर जलाउने, परिवारका सदस्यहरूमाथि आक्रमण गर्ने र अंगभंग गर्नेजस्ता घृणित कार्य भएकोप्रति आपत्तिसमेत जनाए। यस्ता कार्य आफ्नै परिवारमाथि भएको भए कस्तो अवस्था सिर्जना हुन्थ्यो भन्ने हेक्का राख्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्