Logo
Logo

मुग्लिन-नारायणगढ सडकमा तीन स्थानमा ढुङ्गा र लेदो खस्यो, एकतर्फी सवारी सञ्चालनमा


315
Shares

चितवन । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डका तीन स्थानमा ढुङ्गा र लेदो खस्दा सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

The current image has no alternative text. The file name is: muglin.jpg

सडक डिभिजन भरतपुरका अनुसार तुइन खोलाको पुल, नाम्सी खोलाको नयाँ पुल र सिमलताल क्षेत्रमा पहिरोका कारण सवारी आवागमन प्रभावित भएको हो ।

डिभिजनका अनुसार तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुलमा माथिबाट ढुङ्गा खसेको छ भने सिमलताल क्षेत्रमा माथिबाट बगेको लेदो सडकमा थुप्रिएपछि सडक एकतर्फी मात्र सञ्चालन गर्नुपरेको हो ।

पहिरो हटाउन सडक डिभिजनले आवश्यक डोजर तथा अन्य उपकरण परिचालन गरिसकेको जनाएको छ । थप पहिरो नझरेको अवस्थामा करिब एक घण्टाभित्र सडक दुवैतर्फी सञ्चालनमा ल्याइने छ ।

सडक डिभिजनले वर्षा अझै जारी रहेकाले पहिरोको जोखिम कायम रहेको जनाएको छ । त्यसैले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र सुरक्षित रूपमा यात्रा गर्न सबै सवारी चालक तथा यात्रुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्