Logo
Logo

कार्यकर्तालाई आन्दोलनका लागी तयार रहन एमालेको निर्देशन 


819
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले रास्वपा नेतृत्वको सरकारका कारण देश सङ्कटको अवस्था पुगेको बताए छन् । 

The current image has no alternative text. The file name is: sanker.gif

पार्टीका प्रदेश कमिटीका पदाधिकारी र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अहिले विभिन्न स्वार्थ समूहहरूले आफ्नो सक्रियता बढाइरहेको दाबी गरेका हुन् ।

उनले भने, ‘सरकार सुरुदेखि पूर्वाग्रह र प्रतिशोधपूर्ण ढङ्गले अगाडि बढेको छ । यतिबेला नियम कानुन लत्त्याएर स्वेच्छाचारी शासन व्यवस्थातिर उन्मुख छ ।’ उनले कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुँदा तयार हुन पनि मातहत कमिटीलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्