काठमाडौँ । राष्ट्रिय सभाको बैठक विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरू पेस गर्दै आगामी साउन २१ गतेसम्मका लागि स्थगित भएको छ। सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक साउन २१ गते बिहीबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

सोमबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले दुई वटा वार्षिक प्रतिवेदन पेस गरिन् । मन्त्री गौतमले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन’ र ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदन’ पेस गरेकी हुन् ।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले पनि समितिको प्रतिवेदन पेस गरे । सभापति पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गरेका हुन्।














