काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा चीन भ्रमणमा जाने भएका छन्।

उपसभापति शर्माको सचिवालयका अनुसार आज बेलुकी साढे ११ बजे उनी चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
‘उहाँ आज बेलुकी चीन जाने कार्यक्रम तय छ, उहाँ ५ दिन गोन्जाओमा रहनुहुनेछ,’ सचिवालय स्रोतले भन्यो। उपसभापति शर्मा एक्लै चीन जान लागेका हुन्।
उनले चीनमा रहँदा राजनीतिक भेटवार्ता गर्ने सम्भावना पनि छ।














