Logo
Logo

दुर्गा प्रसाईंलाई थुनामा नराख्न भक्तपुर अदालतको आदेश


252
Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्ने प्रहरीको माग जिल्ला अदालत भक्तपुरले अस्वीकार गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार सरकारी वकिलको कार्यालयमार्फत प्रसाईंलाई सात दिन हिरासतमा राख्न अनुमति माग्दै अदालतमा उपस्थित गराएको थियो। तर अदालतले म्याद थपको अनुमति नदिँदै उनलाई थुनामा नराख्न आदेश दिएको हो।

प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरले आइतबार राति आफ्नै निवासबाट पक्राउ गरेको थियो।

यता, पक्राउविरुद्ध उनकी पत्नी उमा प्रसाईंले सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटसमेत दायर गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्