Logo
Logo

शेखर कोइरालाले फिर्ता गरे कोइराला निवास मर्मतका लागि विनियोजित २ करोड बजेट


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मोरङको विराटनगरस्थित ‘कोइराला निवास’को मर्मत तथा सम्भारका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन् ।

The current image has no alternative text. The file name is: sekher.gif

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई पत्र लेख्दै डा. कोइरालाले राज्यको सीमित स्रोत र साधन अभाव, वञ्चना र कष्टमा रहेका आम नागरिकको उत्थानमा खर्च हुनुपर्ने भन्दै उक्त रकम लीन नसकिने बताएका हुन् ।  

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपालका पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मघर (कोइराला निवास) को मर्मतका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो । सो कार्यका लागि सरकारप्रति आभार प्रकट गर्दै डा।कोइरालाले अहिलेको परिस्थितिमा रकम फिर्ता गर्ने निर्णय लिएका हुन् ।

कोइरालाले पत्रमा लेखेका छन्, ‘राज्य सामु आम नागरिक जो वञ्चना, अभाव र अनेकन् कष्टमा छन्, त्यस्ता नागरिकको उत्थानका लागि उपलब्ध सीमित स्रोत र साधनको उपयोग होस् भन्दै विनम्रतापूर्वक उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ छु ।’

उनले बीपी कोइरालाले जीवनभर नेपालीको गाँस, वास र कपासका लागि सङ्घर्ष गरेको स्मरण गर्दै राज्यले विपन्न नागरिकको पक्षमा काम गर्नु नै बिपी र कोइराला निवासप्रति सच्चा श्रद्धाञ्जली र न्याय हुने उल्लेख गरेका छन् ।

विराटनगर महानगरपालिका वडा नं. ७ मा रहेको यो ऐतिहासिक घर डा.शेखरका पिता कृष्णप्रसाद कोइरालाले एक शताब्दीअघि निर्माण गरेका थिए । नेपाली राजनीतिको ऐतिहासिक साक्षी र धरोहर मानिने यो घर गत वर्ष भदौ २४ गते ‘जेन्जी आन्दोलन’ का क्रममा जलाइएको थियो, जसका कारण यसको भौतिक स्वरूप नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्