Logo
Logo

कृष्णभिरमा पहिरो पन्छाएपछि एकतर्फी सवारी सञ्चालनमा


378
Shares

काठमाडौं । नागढुंगा-मुग्लिन सडकखण्ड अन्तर्गत कृष्णभीरमा खसेको पहिरो पन्छाएपछि सवारीसाधन एकतर्फी सञ्चालनमा आएका छन् । उक्त सडकखण्डका अन्य ७ स्थानमा भने पहिरो पन्छाउने कार्य भइरहेको छ ।

The current image has no alternative text. The file name is: krishna-bhir-3.jpg

नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा पहिरो सफा गरिएसँगै सवारी साधन आवतजावत गर्न सकिने अवस्था बनेको हो । सडकको भित्तातर्फ खसेको पहिरो पन्छाएर सवारी चलाइए पनि छेउको गेबियन वाल (पर्खाल) भने खसेको छ ।

यद्यपि, मुख्य ट्रयाक भन्दा २ देखि ३ मिटर जग्गा अझै बाँकी रहेको र सडकमा ठुला धाँजा (क्र्याक) नदेखिएकाले तत्कालका लागि सवारी सञ्चालन गर्न सकिने उनले बताए । 

उक्त सडक खण्डका अन्य ७ स्थानमा खसेको पहिरो हटाउन हेभी मेसिनहरू परिचालन गरिएको  छ । सूचना अधिकारी मिश्रका अनुसार कृष्णभीर बाहेक पानीधारा, धारापानी, जवां, जलविरे, रोराङ लगायतका स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ ।

सो क्षेत्रमा अझै पनि पानी परिरहेकाले पहिरो पन्छाउने कार्यमा केही कठिनाइ भइरहेको छ । सबै ठाउँको पहिरो पूर्ण रूपमा सफा भएपछि मात्र सडक खण्डमा निर्बाध रूपमा सवारी आवागमन सुचारु हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्