Logo
Logo

प्रधानमन्त्री बालेनले दिएनन् काँग्रेस सांसदलाई भेट्ने समय


819
Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्री बालेन शाहले भेट नदिएको भन्दै संसदमा आपत्ति जनाएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद स्वारले प्रधानमन्त्री बालेनले चार महिनादेखि भेट्नको लागि समय नदिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सुदूरपश्चिमका रास्वपाका सांसदहरुलाई भेट्न बोलाउँदा अन्य दलका सांसदलाई बेवास्ता गरेको आरोप पनि लगाए । उनले प्रधानमन्त्रीलाई भेट्नको लागि गत चैत २१ गते निवेदन दिएको भएपनि हालसम्म भेट नपाएको गुनासो गरे । केही दिन अघि प्रधानमन्त्री शाहले प्रदेशगत रुपमा सांसदहरुसँग भेट गरेका थिए ।

उनले भने, ‘अस्ति मात्र हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले सुदूरपश्चिमका रास्वपाका सांसदहरुलाई मात्र भेट्न बोलाउनुभयो । हामी अन्य पार्टीका सांसदहरुलाई बोलाइएन । मैले गएको चैत्र २१ भेट्नको लागि निवेदन दिएको थिए । त्यतिबेला उहाँले सुदूरपश्चिमका सांसदहरुलाई भेट्ने बेलामा म दाङ गएको थिए । अहिले चार महिना भयो उहाँले हामीलाई भेट्ने टाइम दिनुभएको छैन । सम्मननीय सभामुखज्यू यो प्रधानमन्त्रीज्यूको आफ्नोलाई हेर्ने चस्मा एक, अर्कोलाई हेर्ने चस्मा अर्कै हो कि के हो ? यसमा मेरो घोर आपत्ति छ । हामीमाथि भएको पक्षपातपूर्ण व्यवहारको घोर भत्र्सना गर्दछु ।’

सांसद स्वाँरले प्रधानमन्त्रीले सांसदहरुसँग प्रक्षपात व्यवहार गरेको भन्दै त्यसको भत्र्सना समेत गरे ।

प्रतिक्रिया दिनुहोस्