Logo
Logo

बालेनको झिक्कै झिक्कै माया नक्कली रहेछ : भीम रावल


189
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले सरकारले तीन वटा प्रज्ञा प्रतिष्ठानमा गरेको पदाधिकारी तथा सदस्यहरूको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । रावलले बालेन्द्र शाह नेतृत्वको सरकारले गरेको नियुक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गर्दै आएको सुशासन, न्याय र निष्पक्षताको कुनै झल्को नदेखिएको आरोप लगाएका हुन् ।

The current image has no alternative text. The file name is: bhim-rawal.jpg

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार गत मङ्गलबार प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठानमा ३५, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा २४ र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा २४ गरी कुल ८३ जना प्राज्ञसभा सदस्य मनोनीत गरेका थिए ।

उक्त मनोनयनलाई लक्षित गर्दै नेता रावलले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व न्यून रहेको भन्दै प्रश्न उठाएका छन् । कुल २९ जना पदाधिकारी नियुक्त हुँदा सुदूरपश्चिमबाट कोही पनि नपारेको र कर्णाली प्रदेशबाट जम्मा एक जना मात्र समेटिएको उनले उल्लेख गरे । 

त्यस्तै ८३ जना सदस्य मनोनयन हुँदा सुदूरपश्चिमबाट नौ जना मात्र परेको र तीमध्ये एक जना बाहेक सबै कैलाली र कञ्चनपुरका मात्र रहेको रावलको भनाइ छ ।  प्रधानमन्त्री हुनुअघि सुदूरपश्चिम पुगेर ‘झिक्कै झिक्कै माया’ भनेको प्रसङ्ग कोट्याउँदै रावलले त्यो भनाइ नक्कली रहेको प्रमाणित भएको टिप्पणी गरे ।

जातीय तथा समुदायको तथ्याङ्क प्रस्तुत गर्दै रावलले पदाधिकारीमा बाहुन ६, नेवार ८, मधेसी २, जनजाति ९, थारू २, दलित १ र क्षेत्री १ जना रहेको हिसाब पठाएका छन् । त्यसैगरी सदस्यहरूमा बाहुन १५, नेवार ८, मधेसी ६, जनजाति १२, क्षेत्री ६, दलित ५, थारू २ तथा दशनामी र मुस्लिम १-१ जना परेको उनले बताएका छन्। मनोनीत व्यक्तिहरूको उमेर, शिक्षा, अनुभव र योग्यता नामावलीमा नखुलाइएको रावलको भनाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्