Logo
Logo

राजनीति डर्टी गेम हो : महन्थ ठाकुर


315
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: manat-thakur.jpg

शनिवार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले सत्ता र नेतृत्वमा पुग्नका लागि राजनीतिमा अनेक गतिविधि हुने गरेको उल्लेख गरे । कसैले पनि सजिलो बाटोबाट राजनीतिक उपलब्धि हासिल गर्न नसक्ने उनको भनाइ रहेको छ । 

‘राजनीतिमा जो कोही पनि सधैँ सहज र सरल बाटोबाट अगाडि बढ्न सक्दैन,’ ठाकुरले भने ।  उनले राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिए । सत्ता प्राप्तिका लागि अष्टावक्रझैँ टेढामेढा बाटो पार गर्नुपर्ने उनले बताए। 

‘राजनीति आफैँमा एउटा डर्टी गेम हो । यसमा अष्टावक्रझैँ टेढामेढा बाटोहरू पार गर्दै अनेकौँ चुनौती र कठिनाइको सामना गर्दै सत्ता र नेतृत्वसम्म पुग्नुपर्ने अवस्था आउँछ,’ उनले भने ।  उनले राजनीतिमा टिकिरहन र अगाडि बढ्न सहज बाटो मात्रै पर्याप्त नहुने बताए । 

प्रतिक्रिया दिनुहोस्