Logo
Logo

शुक्रबारदेखि हराएका कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए


819
Shares

काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन् । शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव निरन्तर खोजी गर्ने क्रममा आज (आइतबार) जंगलमा भेटिएको हो ।

कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले सिंहको खोजी गर्ने क्रममा जंगलको बीच भागमा शव भेटिएको जानकारी दिए । यसअघि सिंहले प्रयोग गर्ने मोटरसाइकल पनि जंगलमै भेटिएको थियो ।

सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट निस्किएका थिए । त्यसको करिब डेढ घण्टापछि साढे ३ बजेतिर उनले आफन्तलाई फोन गरी ‘जंगलमा बाटो बिर्सिएँ’ भनेका थिए ।

त्यसपछि आफन्तसहित, स्थानीय र प्रहरी टोली खोजीमा निस्किएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्