Logo
Logo

तीन महिनाभित्र स्वास्थ्य निःशुल्क नभए अनशन बस्ने रास्वपा सांसदको घोषणा


252
Shares

काठमाडौं । सत्तारुढ दल रास्वपाका सांसद सूर्यबहादुर तामाङले प्रधानमन्त्री बालेन शाहलाई चुनावी बाचा सम्झाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गत फगुनको चुनावमा गरिएको गरिब, विपन्नलाई निःशुल्क उपचार गराउने बाचाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुहुन्थ्यो, गोजीमा पैसा नहुने गरिब, विपन्न जनताले उपचार पाउनुपर्छ। यो नारा अहिले भुलेको हो कि अथवा भुलाइएको हो? यही सदनमार्फत ध्यानाकर्षण गराउँछु।’

नेपाली जनताले दुई तिहाइ नजिकको बहुमतको दिएको भन्दै धेरै कुरा गर्न नसके पनि कम्तीमा स्वास्थ्य निःशुल्क गर्नुपर्ने उनको भनाइ छ । ‘यति मात्रै गर्न सके पनि साँच्चिकै हाम्रो जयजय नै हुनेछ । नयाँ कानुन अथवा विधेयक दर्ता गरेर भए पनि कम्तीमा ३ महिनाभित्र स्वास्थ्य निःशुल्क हुनुप¥यो,’ उनले भने, ‘यदि हुन सकेन भने ३ महिनाभित्र आमरण अनसन बस्ने पनि म घोषणा गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्