Logo
Logo

अमेरिकी सेनाले होर्मुजमा हान्यो पानामाको जहाजमा मिसाइल


1.2k
Shares

एजेन्सी । अमेरिकी सेनाले इरानतर्फ जान खोजेको आरोपमा पानामाको झण्डावाहक कार्गो जहाज ‘भेला नोभा’ माथि दुईवटा हेलफायर मिसाइल प्रहार गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार जहाजले पटक–पटक दिइएको चेतावनी बेवास्ता गर्दै ओमानको खाडी हुँदै इरानी बन्दरगाहतर्फ अघि बढेपछि आक्रमण गरिएको हो ।

मिसाइल प्रहारबाट जहाजको इन्जिन र स्टियरिङ प्रणालीमा क्षति पुगेको अमेरिकी सेनाले जनाएको छ । आक्रमणमा चालक दलका सदस्य घाइते भए वा नभएकोबारे भने जानकारी दिइएको छैन ।

अमेरिका र इरानबीचको युद्धमा केही समयदेखि देखिएको शान्तिका बीच यो घटना भएको हो । दुवै देशबीच पुनः वार्ता गराउने प्रयास भइरहे पनि अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन ।

यसैबीच, इरानले अमेरिका आफ्नो व्यवहार परिवर्तन नगरेसम्म होर्मुज जलमार्ग नखोल्ने चेतावनी दिएको छ । विश्वको समुद्री जीवाश्म इन्धन व्यापारको ठूलो हिस्सा यही महत्वपूर्ण जलमार्ग हुँदै हुने गर्छ ।

युद्ध अन्त्यका लागि मध्यस्थताको प्रयासस्वरूप पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी पनि मंगलबार तेहरान पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्