
काठमाडौं । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ ।
मंगलबार दिउँसो नदिमा नुहाउन गएका एक बालक र दुई बालिका लालबकैया नदिमा बेपता भएका थिए । हराएकामध्ये एक बालिका अझै बेपत्ता छिन ।
हराएका मध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव आज बिहान तैरिरहेको अवस्थामा नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।














