Logo
Logo

अदालतको गेटमा प्रहरीकै अगाडी मिटरब्याजपीडित महिलाले गरिन् आत्मदाह प्रयास


693
Shares

काठमाडौं । धनुषा जिल्ला अदालतको मुख्य गेटमा प्रहरीकै अगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।जनकपुरधाम उपमहानगरपालिका–३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी हुन् ।

मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहँदा पीडितहरू प्रदर्शनमा उत्रिएका थिए । सोही क्रममा अदालतको मुख्य गेट अगाडि पुगेर साहलाई कारबाही हुनुपर्ने माग राख्दै फूलकुमारीले आत्मदाहको प्रयास गरेकी हुन् ।

शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले तत्काल उद्धार गरेको प्रहरीले जनाएको छ । घटनापछि अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्