Logo
Logo

लुम्बिनी सरकार गठनका लागि ओली-प्रचण्डले गरे मोहनविक्रमसँग २ बुँदे सहमति


0
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकार निर्माणका लागि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले नेकपा मसालसँग दुई बुँदे सहमति गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले मसालका महामन्त्री मोहनविक्रम सिंहसँग सहमति गरेका हुन् ।

सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ ।

दोस्रोमा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने सहमति छ । लुम्बिनी प्रदेशसभामा मसालका एक जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्