Logo
Logo

युवा नेतृत्व असफल भए अर्को आँधी आउने रवि लामिछानेको चेतावनी


693
Shares

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकार सफल हुनुपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: rabi-lamichhanen.jpg

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारलाई सफल बनाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरे । परिवर्तनपछि युवा नेतृत्व पनि असफल भए भविष्यमा देश अर्को दुर्घटनामा जान सक्नेतर्फ उनले सचेत गराए ।

‘हामीले गलत भाष्यलाई कामबाट चिर्न सकेन भने भविष्यमा नकारात्मक भाष्य बन्न धेरै बेर लाग्दैन । हेर्दाहेर्दै डिलमा जान्छ । गत भदौमा २१, २२ त ठिकै थियो । त्यहाँ सरकार दुई तिहाइको थियो । शक्तिशाली दुई पार्टी सरकारमा थिए । कसले रोक्न सक्थ्यो र ? तर २३ त आइपुग्यो नि ओभर नाइट । त्यसपछि जे भयो त्यो आफैमा एउटा इतिहास भयो । त्यसले जुन परिवर्तन गरायो, जुन आँधी ल्यायो । त्यो आँधीले बढारेको मात्र हामीले देखेका छौँ । अब त्यो आँधीले बनाएको हेर्न मानिसहरू कुरेर बसेका छन् । त्यसकारणले युवा नेतृत्व सफल हुनुपर्छ’, सचेत गराउँदै रविले भने ।

उनले युवामा जोस र होस दुवै हुने भएका आजका युवाहरू सक्षम र योग्य छन् भन्ने कुरा कामबाट नै प्रमाणित गर्नुपर्ने स्पष्ट पारे । यो परिवर्तनलाई युवाको नेतृत्वले परिणाममा बदल्न सकेनौँ भने आफूहरूमाथि ठुलो आरोप लाग्ने रविले बताए ।

‘अब आलाकाँचाबाट हुनेछैन । युवा युवा भनेर हुने रहेनछ । परिपक्वै चाहिने रहेछ । उमेर नै चाहिने रहेछ, अनुभव नै चाहिने रहेछ । बिना अनुभव केही पनि हुने रहेनछ भन्ने जबरजस्त भाष्य निर्माण गरिनेछ, त्यो भविष्यका लागि अर्को युगका लागि घातक हुन्छ’, उनले भने, ‘त्यस्तो होइन युवामा जोस र होस दुवै हुन्छ । आजका युवाहरू सक्षम छन् । देशलाई माया गर्छन्, परिवर्तनकामी छन् । यो देशको व्यवस्था र परिवर्तनको रक्षा गर्दै ज्ञान सिपका आधारमा अग्रजहरूको सम्मान गर्दै प्राप्त उपलब्धिलाई परिणाममा बदल्न सक्षम छन् । उनीहरू गर्छन् भन्ने हामीले हाम्रो कर्मबाट प्रमाणित गर्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्