Logo
Logo

देउवालाई स्वागत गर्न धनगढीबाट जहाज चढेर आए कार्यकर्ता, विमानस्थलमै नाराबाजी


252
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न सुदूरपश्चिमबाट ठूलो संख्यामा कांग्रेसका नेता–कार्यकर्ता काठमाडौं आइपुगेका छन्।

नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेशबहादुर चन्दको नेतृत्वमा कांग्रेसका नेता–कार्यकर्ता धनगढीबाट विमानमार्फत काठमाडौं प्रस्थान गरेका हुन्।

करिब एक वर्षपछि देउवा सार्वजनिक कार्यक्रममा सहभागी हुन काठमाडौं फर्किन लागेको भन्दै उनलाई स्वागत गर्न सुदूरपश्चिमबाट नेता–कार्यकर्ता काठमाडौं आइपुगेका हुन्।

धनगढी विमानस्थलमा देउवाको स्वागतका लागि काठमाडौं जानुअघि नेता–कार्यकर्ताले ‘शेरबहादुर देउवा जिन्दावाद’ लगायतका नारा लगाएका थिए।

नेपाली कांग्रेस अछामका जिल्ला सदस्य एवं सूचना, सञ्चार तथा प्रचार–प्रसार विभागका सदस्य तथा सुदूरपश्चिम युवा परिषद्का कार्यकारी सदस्य पृथ्वीबहादुर शाहले विमान पूरै भरिने गरी नेता–कार्यकर्ता काठमाडौं प्रस्थान गरेको बताए।

टोलीमा खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का, बझाङको छबिसपाथिभेरा गाउँपालिकाका कांग्रेस सभापति पाण्डपबहादुर थापालगायतका नेता–कार्यकर्ता काठमाडौं आएका छन्।

देउवाको स्वागतका लागि सुदूरपश्चिमका करिब सबै जिल्लाबाट कांग्रेसका नेता–कार्यकर्ता काठमाडौं आइइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्