Logo
Logo

सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश


756
Shares

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बुधबार भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश दिएको हो। उनीहरू सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा यसअघि नै थुनामा रहेका थिए।

The current image has no alternative text. The file name is: dipak-bhatta-and-sulav.jpg

बुधबार दुवैजनालाई अर्को सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो। बयान र थुनछेक बहसपछि अदालतले दुवैलाई थुनामा पठाउने आदेश गरेको हो। पूर्वअर्थमन्त्री विष्णु पौडेललाई समेत प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई पनि प्रतिवादी बनाइएको थियो।

सोही मुद्दामा पौडेललाई भने विशेष अदालतले साधारण तारिखमा छाड्न आदेश दिएको छ। अदालतले पौडेललाई साधारण तारिखमा छाड्दै भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश गरेको हो।

प्रतिक्रिया दिनुहोस्