काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। उनलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको हो।

प्रहरीको उच्च स्रोतले श्रेष्ठ पक्राउ परेको पुष्टि गरेको छ। उनलाई अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ। परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार सप्तरी क्षेत्र नम्बर ३ का सांसद अमरकान्त चौधरीको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
केही दिनअघि श्रेष्ठले सांसद चौधरीसँग एक युवतीको तस्बिर सार्वजनिक गरेका थिए। उनीविरुद्ध साइबर अपराधसम्बन्धी जाहेरी परेको बताइएको छ।














