Logo
Logo

काठमाडौं आइपुगे पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

The current image has no alternative text. The file name is: deuwa-2.jpg

उनी आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए ।

देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि कात्तिक १० गते राति सिंगापुर गएका थिए। आज भने उनी थाइल्यान्डबाट नेपाल आएका हुन् । देउवाको स्वागतमा कांग्रेसको संस्थापन इतर समूहका नेताहरू विमानस्थलमै पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्