काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू पाँच महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुसी भएको बताएका छन् । सिंगापुरमा उपचार लागि गएको पाँच महिनापछि आज बिहीबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनले अपिलपत्र जारी गर्दै आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता राख्ने सबैलाई धन्यवाद दिएका हुन् ।

उनले आफू सेवकका रूपमा उपस्थित भएको बताएका छन् । उनले भनेका छन्, ‘आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु, सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन । कृतज्ञताले परिपूर्ण हृदय र परिवर्तनका समीरलाई आत्मसात् गर्न तत्पर खुला चेतनासहित स्वास्थ्य उपचार सकेर म तपाईँहरूमाझ पाँच महिनापछि फर्किएको छु ।’
यस्तो छ देउवाको अपिलपत्र :














