Logo
Logo

देउवाको उपस्थितिमा कांग्रेस इतर समूहले आज राष्ट्रिय भेला गर्दै


315
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दै छ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११:३० बजे हुने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने छन् ।

The current image has no alternative text. The file name is: deuwa-3.jpg

स्वास्थ्य उपचारका लागि पाँच महिना विदेश बसेका देउवा साउन २८ गते दिउँसो काठमाडौं फर्किएका थिए । उनलाई कांग्रेस नेता–कार्यकर्ताहरूले भव्य स्वागत गरेका हुन् । 

भेलाको बन्दसत्र साउन ३० र ३१ गते हुने छ । बन्दसत्रमा विभिन्न विषयगत छलफल हुने नयाँ नीति तथा कार्यक्रम तय हुने नेताहरूले बताएका छन् । भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्