Logo
Logo

सङ्घीय संसद्का तीन समितिको बैठक बस्दै


252
Shares

काठमाडौं । आज सङ्घीय संसद्का तीन समितिको बैठक बस्दै छ । जस अनुसार आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ भने राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

The current image has no alternative text. The file name is: Sanghiya-Samsad-17.jpg

दिउसो साढे २ बजे बस्ने गरी बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मामिला सम्बन्धी समसामयिक विषयमा विज्ञहरूसँग छलफलको कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान साढे १० बजेदेखि सुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरुको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदन, २०८३ पारित गर्ने कार्यसूची रहेको छ । आजको बैठकका लागि गृहमन्त्री, कानुनमन्त्री, गृह सचिव, कानुन सचिव, प्रहरी महानिरीक्षक र कारागार व्यवस्थापन विभागका महानिर्देशकलाई छलफलका बोलाएको समितिले जनाएको छ ।

त्यस्तै बिहान ११ बजे बोलाइएको राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मानव अधिकारको वर्तमान अवस्था र आयोगको विभिन्न प्रतिवेदनहरूको कार्यान्वयन सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफलको कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्