Logo
Logo

जाजरकोटमा बाढीले चार घर र एउटा झोलुङ्‍गे पुल बगायो


378
Shares

काठमाडौं । जाजरकोटमा बाढीले चार घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका-११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको हो ।

The current image has no alternative text. The file name is: jajarkot.jpg

अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । ठूलो बाढीका कारण भेरी करिडोर सडक खण्ड समेत जोखिममा परेको छ ।

वर्षा अझै निरन्तर भइरहेकाले खोलाको बहाव थप बढ्न सक्ने र आसपासका क्षेत्रमा समेत जोखिम बढ्न सक्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्