Logo
Logo

सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्दै, दिउँसो ३ बजे शपथ


693
Shares

काठमाडौं । सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले आज दाबी पेस गर्दै छन् । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहान ११ बजेसम्मको समय दिएका थिए । 

The current image has no alternative text. The file name is: Daldldhura-1-1-Khagraj-Bhatta-PA.jpg

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका थिए ।

सत्ता साझेदार नेकपा एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम रहेको छ । 

भट्टले आजै  साझेदार दल एमालेसँग सल्लाह गरेर मन्त्रिपरिषद् समेत गठन गर्ने छन् ।  साउन ९ गते एमाले र नेकपाबिच भएको तीन बुँदे सहमति भएको थियो । सहमति अनुसार सुदूरपश्चिम नेकपाको भागमा परेको थियो । सुदूरपश्चिममा नेकपा २२ सिट सहित सबैभन्दा ठुलो दल रहेको छ । एमालेको ११ सिट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्